Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

उपप्रधान एवं गृहमन्त्री बने रवि लामिछाने: पार्टी स्थापनाको १ बर्ष नपुग्दै ऐतिहासिक जित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री नियुक्त भएका छन् । सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सर्वाधिक मतान्तरले विजयी लामिछाने उपप्रधान एवं गृहमन्त्री नियुक्त हुनुका साथै आजै सपथ ग्रहण गर्दै देशका शिर्ष नेताका रुपमा अघि बढेका हुन् ।

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्ने चर्चा पहिले नै चलेको भएपनि गठबन्धनका अन्य नेताले भने सुरुवातमा लामिछानेलाई अरु नै मन्त्रि दिने तयारी गरेका थिए तर लामिछानेले आफु गृहमन्त्री बाहेक अरु कुनै मन्त्री नबन्ने अडान लिंदै यदि गृह मन्त्री अरुले पाए आफु गठबन्धनबाट बाहिरिने दावि गरेपछि वाध्य भएर उनलाई उपप्रधान तथा गृहमन्त्री नियुक्त गरिएको बताईएको छ ।

४९ हजार ३ सय मत सहित ३४ हजार ३ सय १२ मतान्तर को सर्वाधिक मतान्तर सहित निर्वाचित लामिछानेले पार्टी दर्ताकै बर्ष उपप्रधान तथा गृहमन्त्री पदको जिम्मेबारी प्राप्त गर्ने पहिलो नेता हुन् ।

आइतबार बालकोटमा सत्तारुढ दलबीच भएको छलफलअनुसार गृह मन्त्रालय माओवादीले पाउने सहमति । भएपनि लामिछानेले यस कुराको ठाडो विरोध गर्दै आफुलाई गृह मन्त्रालय नदिए समर्थन फिर्ता लिने अडान कायम राखेपछि अन्तत उनि उप प्रधान तथा गृहमन्त्रीका रुपमा उदायका छन् ।

सबैभन्दा बढी काम गर्नुपर्ने स्थान गृहमन्त्रालय भएकाले आफुले गृहमन्त्रालय रोझेको बताएका लामिछानेले आफुले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेकाले यसबारे जानकारी र समस्या समाधानका मार्ग आफुसंग भएको समेत लामिछानेले जिकिर गरेका छन् ।

TOP