सहमति जुट्न नसकेपछि मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष सिके राउतलाई
जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतलाई दिएको छ जनकपुरधाममा आज बसेको पार्टीको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको हो ।
प्रदेश सभामा १३ सिट सहित चौथो ठूलो दल बनेको जनमत पार्टीबाट संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेको हो ।
सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादव लगायत नेता संसदीय दलको नेता बन्न आकांक्षी देखिएको जनमत पार्टीमा सहमती नजुटेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्ष राउतलाई दिने निर्णय भएको हो ।