काठमाडौं – ३ को प्रदेश सभा सदस्यमा कांग्रेसका छिरिङ दोर्जे लामा विजयी
काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका छिरिङ दोर्जे लामा विजयी भएका छन् । सार्वजनिक मत परिणाम अनुसार ४ हजार ५ सय ५८ मत सहित विजय प्रदेश सभा सदस्यमा लामा विजयी भएका हुन् ।
बिजयी छिरिङ दोर्जे लामा संग प्रतिस्पर्धामा रहेका एमालेका चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत प्राप्त गरेका छन् ।
पछिल्लो मत गणना अनुसार काठमाडौं क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदमा पनि कांग्रेसको नै अग्रता रहेको छ । कांग्रेसका सन्तोष चालिसेले ३ हजार ९ सय ९ मत सहित अग्रता कायम गरेका छन् ।