Trending

बिराटनगर जुट मिलका पूर्व महाप्रवन्धक तथा एमाले नेता गौतमको टेक्सस आएकै दिन निधन

अमेरिकाको टेक्ससमा एक एमाले नेताको निधन भएको छ । बिराटनगर जुट मिलका पूर्व महाप्रवन्धक समेत रहेका एमाले नेता  राजकुमार गौतमको विहिबार टेक्सस आएकै दिन निधन भएको हो ।

विराटनगर १२ पाञ्जालीका गौतम तत्कालिन समय महानगरपालिकाको वडा नं १६ का वडा अध्यक्ष निर्वाचित भएका थिए । ६४ बर्षिय गौतमको परिवार अमेरिकामा रहेपनि बृद्ध आमा गाउँमा नै बस्न मन गर्ने भएपछि उनि आफैं पछिल्लो समय नेपाल बस्दै आएका थिए ।

सौगात प्रकाशन प्रालीका शेयर सदस्य समेत रहेका गौतमकी श्रीमती बिरामी भएको खबर पाएपछि उनि अमेरिका आएका थिए । टेक्सस आईपुगेकै दिन उनको स्वास्थ्यमा समस्या आएर उनको असामयिक निधन भएको हो ।

मुटुको समस्याबाट पिडित गौतमको स्वास्थ्यमा समस्या आएपछि परिवारले तत्काल हेलिकप्टरमा अस्पताल पुर्याएको भएपनि उनको बाटैमा मृत्यु भै सकेको चिकित्सकले बताएका थिए ।

 

TOP