Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

विविध र बृहत कार्यक्रम र सहभागिताका साथ ‘एएनए नेशनल कन्भेन्सन’ जारी

शनिबारदेखि टेक्ससको डालसमा जारी एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को सम्मेलन सफलतापूर्वक अघि बढिरहेको छ । जुलाई २ तारिकबाट डालसको कोपेल सिटी स्थित फोर पोईन्ट होटल जारी एएनएको नेशनल कन्भेन्सको आज अन्तिम दिन अर्थात जुलाई ३ का कार्यक्रमहरु पनि अत्यन्त आकर्षक र प्रभावकारी रुपमा आयोजना भएका हुन् ।

नेपालका पूर्व पराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे प्रमुख र कांग्रेस नेता डा. मिनेन्द्र रिजालले बिषेश अतिथीका रुपमा उद्घाटन गरेको सम्मेलनको पहिलो दिन र दोस्रो दिन दुवैका कार्यक्रमहरु विहान ६:३० बजेबाट सुरु भएको कार्यक्रम राती १ बजेसम्म संचालन हुने कार्यतालिका अनुसार कार्यक्रमहरु सम्पन्न तथा जारी रहेका छन् ।

स्थानीय अर्भिङ सिटीका मेयर रिक स्टोफर, कोपेलका मेयर वेज मेयस, टेक्ससको तल्लो सदनकी सदस्य टेरी मेजा,ट्यारेन्ट काउन्टी डेमोक्रेटिक पार्टीकी अध्यक्ष एलिसन क्याम्पोलो लगायतका अमेरिकन राजनितिकर्मीको मन्तव्य सहितको उपस्थिती रहेको कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव सन्देश उप्रेती, एनआरएनए महासचिव गौरीराज जोशी, हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष प्रभात दीक्षित, उपाध्यक्ष सुदीप अधिकारी, डेमोक्रेटिक पार्टीका नेपाली उमेद्वार समेत रहिसकेका एनएसटी पूर्व अध्यक्ष दिनेश शर्मा लगायतका सामाजिक अभियन्ता साथै संचाराकर्मीको वाक्लो उपस्थिती रहेको एनएनएको राष्ट्रिय सम्मेलनको अन्मिम दिन आज पनि बिविध सांगीतिक, सौन्दर्य र साँस्कृतिक प्रस्तुतीले सम्मेलनको रौनक बढाईरहेको छ ।

TOP