Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

एमाले फेरि निर्वाचनमार्फत सरकारमा आउँछ : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी समेत गरे।

आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताए । अध्यक्ष ओलीले आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप समेत लगाए ।

उनले भने, ‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिदैन । एउटै सर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधिशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ ? हामी जमिनमा छोई हाल्छौं, टेकी हाल्छौं । जनतासँग एकाकार भइहाल्छौं । नेकपा एमाले फेरि आउँछ । जनताबाट जन्मिएको, जनताको बीचमा हुर्किएको, जनताका लागि बनेको यो पार्टी, देशका लागि बनेको यो पार्टी, जनताको सुःख र समृद्धिका लागि बनेको पार्टी त्यसकारणले यसले जनताको साथ प्राप्त गर्छ ।’

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए । त्यस अवसरमा उनले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘मैले पटकपटक दोहोर्‍याउने गरेको छु–बाँकि जिन्दगी म फेरी पनि भन्छु–देशप्रति, जनताप्रति, यस देशका ज्येष्ठ नागरिकहरुप्रति, देश अशक्त व्यक्तिहरुप्रति, यस देशका असहाय, वेसाहारा नागरिकप्रति, यस देशका निमुखाहरुप्रति र यस देशमा न्याय नपाईरहेकाप्रति देश, जनता, मानवजाति, यस धर्तीप्रति समर्पित गर्नेछु । देश र जनताको हितका विरुद्ध, जनताको खुसहालीका विरुद्ध कुनै पनि काम गर्दिन । मेरो बाँकी जिन्दगी सम्पूर्ण जिन्दगी देशप्रति, जनताप्रति समर्पित गर्नेछु ।’

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेकाे विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

TOP