Trending

पुलिसले पुछारको खुमलटारलाई हरायो

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले खुमलटारलाई २-० गोलले हरायो । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गोल गरे ।

यो जितसँगै पुलिस छैटौँ स्थानमा उक्लिएको छ । पुलिसको २१ खेलमा २८ अङ्क छ । खुमलटार उति नै खेलमा २१ अङ्कसहित तालिकाको पुछारमा छ । खुमलटार रेलिगेशन जोनमा कायमै छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशन जोन मा परेर बी डिभिजनमा घटुवा हुनेछन् ।

 

TOP