महाकाली किनारमा भेटियो मजदुरको शव, अनुसन्धानमा जुट्यो प्रहरी

भीमदत्त नगरपालिका–१३ स्थित महाकाली नदी किनारमा एक जना मजदुरको शव फेला परेको छ। निर्माणाधिन चार लेन पक्की पुलको दक्षिण तर्फको नदी किनारमा शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार वडा नं. १२ घर भएर महाकालीमा बालुवा छपानको काम गर्ने करिब ६५ वर्षीय रामस्वरुप सुनारको शव आज (बुधबार) बिहान नदी किनारमा भेटिएको हो। स्थानीयले त्यसको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धानमा जुटेको छ। प्रहरी स्रोतका अनुसार उनको शरीरमा कुनै पनि प्रकारका घाउँ, चोट छैनन। अनुसन्धान थालिएको र मृत्युको कारण पोष्टमार्टम रिर्पोटपछि थाहाँ हुने प्रहरीको भनाई छ।

TOP