Trending

संसद विघटनको खुला पक्ष पोषण सहकार्य टुट्नुको मुख्य कारण : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, संसद विघटनको मुद्दालाई खुला पक्ष पोषण गरेकैले एमालेसंगको गठबन्धन तोड्नु परेको बताएका छन् । संसद विघटन गर्नु राम्रो नभएको बताएका प्रचण्डले सोमबार प्रतिनिधि सभामा दोस्रो पटक विश्वासको मत माग्दै संसदको पहिलो बैठकमा नै संसद विघटन ठिक थियो भन्ने कुरा सान्र्दभीक नभएको टिप्पणी गरे ।उनले भने ‘संसदमा पहिलो दिन नै संसद विघटनको अत्यन्त सम्बेदनशिल विषयले प्रवेश भएर सिङगो देश तरङ्गीत बन्यो । विषयको उठान न सान्र्दभिक थियो ,देशमा संवैधानीक र राजनैतिक सङकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय थिएन ।

त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन संविधान र लोकतन्त्रको निरन्तरता एवम संसदको स्थायित्वमा मै प्रश्न चिन्ह खडा ग¥यो । दुखका साथ भन्नु पर्छ सिङगो संसदको मत पाएको प्रधानमन्त्रीलाई संसद विघटनको खुल्ला पक्ष पोषणले ठूलो नैतिक संवैधानीक र राजनीतिक चुनौति दियो । ’ संसद विघटनको कुराले सिङ्गो देश नै तरङगति भएको र लोकतन्त्रको निरन्तरताका साथै संसदको स्थाईत्वमा नै प्रश्न चिन्ह खडा गरेको उनको भनाई छ ।

TOP