काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लाग्यो

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्स उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको छ। सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ । जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको छ । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए । जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका छन् ।

TOP