Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

सिड्नीका समुद्री तट खुले, ड्रोन र हेलिकोप्टबाट नरभक्षी सार्कको खोजी

सिड्नी, ६ फागुन: सार्कको आक्रमणमा एक बेलायती पौडीबाजको मृत्युपछि बन्द गरिएका सिड्नीका समुद्री तटहरु खुलेका छन् । पौडी खेल्न गएका एक बेलायतीको सार्कको आक्रमणमा मृत्यु भएपछि सिड्नीका समुद्री तट बन्द गरिएको थियो । सार्कको आक्रमणमा ५९ वर्षपछि पहिलो पटक बुधबार एक जनाको मृत्यु भएको थियो ।

पूर्वी सिड्नीको समुद्री तटमा पौडी खेल्ने क्रममा बेलायतका ३५ वर्षीय सिमोन नेलिस्टको मृत्यु भएको थियो । समुद्री तट खुला गरिए पनि आइतबारका लागि तोकिएको एउटा लोकप्रिय परोपकारी पौडी रद्द गरिएको छ ।

३ मिटर लामो सो नरभक्षी सार्क मार्न राज्यका अधिकारीहरुले खोजी कार्य तीव्र पारेका छन् । सार्क फेला पार्न जेट स्कीमा सर्फ लाइफसेभरहरूले शहरको पूर्वमा बोन्डीदेखि दक्षिणमा क्रोनुल्लासम्म गस्ती गरेका थिए ।

सार्कलाई चारा दिन प्रयोग गरिने ड्रम लाइनहरू तटीय क्षेत्रमा राखिएको विवरण पनि सार्वजनिक भएका छन् । सार्कका गतिविधिहरु पत्ता लगाउन हेलिकोप्टर र ड्रोन परिचालन गरिएका छन् ।

आक्रमणपछि बिहीबार समुद्री तटमा पौडीबाजलाई जान रोक लगाइएको थियो ।

TOP