Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

दाहाल-माधवले देउवालाई भने: यथास्थितीमा एमसीसी पास गर्न सकिँदैन

काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) केन्द्रका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना यथास्थितीमा संसद्‌बाट पास गर्न सरकारलाई सहयोग नगर्ने बताएका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पूर्वप्रधानमन्त्रीसमेत रहेका दुई नेताले अहिलेकै अवस्थामा एमसीसी पास गर्न सकिने पक्षमा आफूहरू नरहेको बताएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले एमसीसी संसद्‌बाट अनुमोदन गराउन आग्रह गरेपछि उनीहरूले त्यसलाई अस्वीकार गरेका हुन् । यता दाहाल र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरू सम्बाेधन हुनुपर्ने जवाफ दिएका थिए । त्यस्तै उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै अमेरिकासँग थप समय लिनुपर्नेमा जाेड दिएका थिए ।

प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको स्पष्ट बताएका थिए । बालुवाटार स्रोतका अनुसार देउवाले संसद्‌मा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । जसकारण गठबन्धनमा रहेका दलहरु विभाजित भएका छन् । हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि नेपाली राजनीतिमा तरंग पैदा भएकाे छ ।

TOP