Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

खुशी फकाईदिन आग्रह गर्दै ९ वर्षपछि गायक सोभित बस्यालको संगीतमा पुनरागमन

सोभित बस्यालको अहिलेको परिचय भनेको व्यवसायीको हो । यद्यपी उनको परिचय यो भन्दा अगाडि गायकको थियो । कुनै बेला सोभित विभिन्न कार्यक्रमहरुका गीत गाईरहेका भेटिन्थे । उनको दैनिक कर्म संगीत सृजनामै बित्थ्यो । उनका थुप्रै गीतहरु हिट पनि भैसकेका छन् ।

तर व्यवसायमा लागिसकेपछि उनको साँगीतिक यात्रामा ब्रेक लाग्यो । तर उनी व्यवसायी भैरहँदा पनि साँगीतिक क्षेत्रसँग सम्बन्ध भने उत्तिकै सुमधुर रह्यो । उनको उठबस साँगीतिक व्यक्तित्व अनि समूहसँग निरन्तर रह्यो ।

सोभितलाई पुनः गायकको रुपमा साँगीतिक क्षेत्रमा फर्कन भने ९ बर्ष लाग्यो । कोरोनाका कारण लकडाउनमा बस्नुप¥यो । संसार नै यो भाइरसले आक्रान्त बन्दा सोभित बस्याल नबन्ने कुरै भएन । उनको व्यवसाय पनि बन्द गर्नुप¥यो । र, घरमै बन्दाबन्दीमा बस्दा उनी संगीत सृजनामा लागे ।

कोरोनाको कहरले विश्व नै त्रस्त बनेको अवस्थामा संगीतको माध्यमबाट भएपनि केही मल्हम लगाउनुपर्छ भन्ने उनको मनमा आयो । र, सृजना गरे, ‘खुशी फर्काईदेउन’ बोलको गीत । यो गीतले समस्याबाट मानवजाती पुनः उठ्ने र खुशी फर्कने ढाडस दिन्छ । उनले इश्वरसँग यस्तै खाले प्रार्थना गीतमार्फत गरेका छन् ।

यतिबेला गीतको भिडियो समेत युट्युबमार्फत रिलिज भैसकेको छ । र, गीतलाई धेरैले रुचाएका छन् । साँगीतिक यात्राको दोस्रो चरणमा आईपुगेका सोभितलाई धेरैले अब साँगीतिक क्षेत्र नछाड्न सुझाएका छन् । ‘यतिका वर्षपछि संगीतमा फर्कदाँ पनि यहाँका मानिसहरुले मलाई भव्य रुपमा स्वागत गरे । मलाई निकै खुशी लागेको छ । र, आगामी दिनमा पनि संगीत सृजनाको यो यात्रालाई मैले निरन्तरता दिनेछु ।’ सोभितले भने–‘संगीतमा अझै बढि निरन्तर लाग्ने हौसला मलाई मिलेको छ ।’

चलचित्रमा अभिनयसमेत गर्न भ्याएका बस्यालले पोखराबाट निर्माण गरीएको डिजिटल चलचित्र ‘मार्केट’ र ‘पाप’ मा अभिनय सँगै कथा पनि लेखी पाप चलचित्रबाट राष्ट्रिय स्तरको डि–सिने अवार्डमा ‘सर्वोत्कृष्ट कथा अवार्ड’ जितेका थिए । बस्यालले २० वटा म्यूजिक भिडियो निर्देशन समेत गरीसकेका छन् ।

उनले अन्नपूर्ण म्यूजिक एवार्डमा वेस्ट म्यूजिक भिडीयो एवार्ड जितेका थिए । पछिल्लो समयमा परिचय नेटवर्क अनलाइनका सञ्चालक समेत रहेका उनी परिचय एडभर्टाइजिङ प्रालिका सञ्चालक हुन् । परिचय नेटवर्ककै प्रस्तुतीमा भिडियो निर्माण गरिएको हो ।

पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा आएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा हुने कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो ।

श्रोता दर्शकको माया र साथले उनी हौसीए पनि । २०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड गरे । यसले पनि उनलाई धेरै माझ चिनायो । अब उनमा एल्बम निकाल्ने हुटहुटी मनमा आयो । अनि जन्मियो ‘न्युरोड’ एल्बम ।

आजभन्दा झण्डै ९ वर्ष अगाडि आएको पहिलो एल्बम न्युरोडले उनको साँगीतिक भविष्य सुमधुर बन्ने संकेत गरेको थियो । पप प्याटर्नका दश गीत समावेश गरीएको यस एल्बममा मनकामना, तिमी विना, कुन दुरी, जानीनौ, आउछेउकी, तिम्रोमाया, मायालु, जति टाढा, छुटीने बेला तथा पोखराको बारेमा वर्णन गर्दै मेरो पोखरा बोलको गीत समावेश थियो ।

गीतका भिडियोले समेत उनको चर्चा सो समयमा बढायो । तर उनले व्यवसाय क्षेत्रको यात्रा सुरु गरिसकेका थिए । उनले त्यतिबेला साँगीतिक क्षेत्रमा भन्दा व्यवसायिक क्षेत्रमानै आफ्नो भविष्य देखे । कारण त्यतिबेला नेपाली साँगीतिक फाँट ओरालो लागेको थियो । एल्बम विक्रि शुन्य तर लगानी बढ्दै गएको कारण आर्थिक रुपमा सुक्ष्म हुने नदेखेरे नै उनले साँगीतिक क्षेत्रको यात्रालाई रोकेर व्यवसायिक क्षेत्रतर्फको यात्रालाई अगाडि बढाए । यसमा उनले सफलता पनि पाए । उनी सफल हुनुमा उनको मेहनत र साथीभाईको सर्पोट मुख्य कारक थियो ।

यो बिचमा बेला–बेलामा उनलाई साँगीतिक क्षेत्रमा लाग्ने रहर पुनः पलाउँदै नपलाएको भने होइन । उनी एउटा अवसरको खोजिमा थिए । जुन अवसर विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ ले सिर्जना ग¥यो ।

TOP