जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक छः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सहकारीका वर्तमान अवस्था, अवसर र चुनौती विषयक एकदिने बिचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले जनतालाई राजनीतिमा सहभागी गराएजस्तै आर्थिक क्रियाकलापमा सहभागी गराउन आवश्यक भएका बताएका हुन् ।

‘गाउँ गाउँको घर घरको जनतालाई राजनीतिमा सहभागी गराए अनुसार आर्थिक क्रियाकलापमा पनि सहभागी गराउन आश्यक छ । उत्पादनसंग जोडिएको सहकारीहरुमा सहभागी गराउनुपर्छ । ’
मुलुक आर्थिक संकटमा परेको र यस विषयमा राज्यले जनतालाई प्रष्ट जानकारी दिनुपर्छ । यस्तो अवस्थामा राज्यको भुमिका महत्वपूर्ण हुने उनको भनाइ छ । अध्यक्ष नेपालले समस्या हरेक क्षेत्रमा हुने र त्यसको समाधान गर्न आफुहरु तयार भएको बताए ।

TOP