UKROA द्वारा न्यूह्यम्सायरमा आयोजित ‘ग्रीष्मकालिन वनभोज’ पृथक शैलीमा सम्पन्न (फोटो-फिचर)
अमेरिकाको न्यूह्यम्सायरमा ग्रीष्मकालिन वनभोज कार्यक्रम सम्पन्न भएको छ । यूनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका (युकेआरओएन्य) न्यू ईङ्गल्याण्ड च्याप्टरको आयोजनामा गत आगष्ट २१ तारिकका दिन न्यूह्यम्सायरमा ग्रीष्मकालिन वनभोज कार्यक्रम आयोजना गरिएको छ ।
एटलान्टिक ओसनको किनारमा अवस्थित न्यूह्यम्पसायरको न्यू क्यासल टाउन स्थित न्यूक्यासल कमन्स् पार्कमा आयोजित बनभोज संस्थाको वार्षिक कार्यतालिकामा समावेश कार्यक्रम हो । जहाँ संस्थाका सदस्यहरु नेपाली समुदायका प्रतिनिधीहरुको व्यापक सहभागितामा रहेको थियो ।
सदा झैं यस वर्षको बनभोजमा पनि किराँत संस्कृति अन्तरग पोर्क र चिकेनको बिबिक्यु सहित बिभिन्न नेपाली परिकारहरुको साथमा परम्परागत किरातीको परिकार “किनिमा र फर्सीको मुन्टा” समेतको परिकार तयार गरिएको थियो ।
महिला तथा बालबालिका मैत्री यस बनभोजमा खेलहरु म्युजिक चेयर हण्डी फोर, बिङ्गो लगायतका खेलहरु राखिएको थियो । जसलाई प्रतिस्पर्धात्मक रुपमा प्रस्तुत गरिएको थियो र बिजयीहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
नेपाली मौलिक संस्कृति सहितको मनोरञ्जनत्मक यस बनभोज कार्यक्रममा संस्थापक अध्यक्ष सहति , एनआरएनए एनसीसीका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय अध्यक्ष, सल्लाहकार, संस्थापक सदस्य, कल्चर संयोजक, वरिष्ठ सदस्य अन्तराष्ट्रिय साहित्य समाज, म्यासाचुसेट् च्याप्टर अध्यक्ष न्यूहाम्सायर नेपाली समाजका संस्थापक अध्यक्ष तथा वर्तमान उपाध्यक्ष, वोष्टन फूटबल टिमका अध्यक्ष विमल रेग्मी लगायतको उपस्थिती रहेको थियो।
सन् २०१६ बाट बालबालिकाको २ महिने गृष्मकालिन विदाको अन्त्य र नयाँ शैक्षिक सत्र शुभारम्भको अवसरमा नेपाली भाईचारा, आपसी एकता, बन्धुत्व र मित्रताको भाव सहित आयोजना हुँदै आएको बनभोज कार्यक्रम अन्तरगत यस बर्षको बनभोज कार्यक्रमा सहभागि, प्रत्यक्ष र परोक्ष सहयोग पुर्याउने व्यक्ती तथा संस्था र स्वयंसेवकलाई धन्यावद ज्ञापन सहित संस्थाको लोगो अंकित स्वगत केक पनि सामुहिक रूपमा काटेर आपसी सद्भाव आदान प्रदान गरिएको थियो ।