Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

अमेरिकाको अलबामामा शक्तीशाली आँधी: ९ बालबालिका सहित १२ को मृत्यु

अमेरिकाको अलबामा राज्यमा आएको शक्तीशाली आँधीमा परि ९ जना बालबालिका सहित १२ जनाको मृत्यु भएको छ । आँधी पछिको बाढीका कारण ९ महिना देखी १६ बर्ष उमेर समुहका बालबालिका सहित १२ जनाको मृत्यु भएको हो ।

१८ वटा गाडी दुर्घटना हुनेगरी आएको सो आँधीसंगै बर्षा र बाढि आएपछि सो क्षेत्रमा ठुलो संख्यामा घरहरुमा समेत नोक्सान पुगेको छ ।
बाढिले अन्य ब्यक्तीलाई पनि बगाएको आशङ्कामा खोजी भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएकी ९ महिनाकी बालिकाका माता पिता समेतको मृत्यु भएको जनाईएको यस घटनाका कारण सो क्षेत्रका बासिन्दा असहज परिस्थितीको सामाना गरिरहेका छन् ।

ठुलो संख्यामा मानिसहरु घाईते भएको बताईएको यस घटनापछि १० जना अन्भेषकको टोली खटाइएको छ । आधीका कारण रुखहरु भाँचिदा समेत मानिसहरुको मृत्यु भएपछि यस प्रकारको असर देखिन सक्ने भन्दै पूर्वी जर्जिया, दक्षिणी क्यारोलिना, उत्तरी क्यारोलिना समेतमा सुरक्षा सावधानीका लागि चेतावनी दिईएको छ ।

(एजेन्सी)

TOP