भारतको कोरोना अस्पतालमा आगलागी: १० जनाको मृत्यु

भारतको मुम्बई स्थित एक निजी अस्पतालमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा आगलागी हुँदा ठुलो संख्यामा मानविय क्षेती भएको हो ।

सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो । अस्पतालमा आगलागी भएपछि ७० जना भन्दा धेरै कोरोना सङ्क्रमित बिरामीलाई अर्कै अस्पतालमा सारिएको जनाईएको छ ।

आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको यस आगलागी कसरी भयो अनुसन्धान सुरु गरिएको छ ।

TOP