कांग्रेस महामन्त्री थापा भन्छन् – ठगि प्रकरण घटना होइन प्रवृत्ति हो
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरण घटना नभई प्रवृत्ति भएको बताएका छन् ।
बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस प्रकरणमा संलग्न जुनसुकै ओहदाको भएपनि गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन् । उनले लेखेका छन् ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन ।’
उनले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको भन्दै यस्तो कार्यमा संलग्न कोही पनि नछुटाउन सम्बन्धित निकायलाई पनि आग्रह गरेका छन्