Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

एक ठाउँमा नआउने भनेर कसम खाएका छैनौं, राजनीतिमा जे पनि सम्भव छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र नेकपाएमाले मिलेर सरकार बनाउन सक्ने तर्क गरेका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मी हरुसँग कुरा गर्दै उनले राजनीतिमा असम्भव भन्ने केही नभएको भन्दै कांग्रेस र एमालेको संयुक्त सरकार बन्दैन भन्न नसकिने टिप्पणी गरे । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यहीहो ।

एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’ उनले आगामी राष्ट्रपतिबाट सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रियता र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्यागर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्यागर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका बहनगर्न सक्ने राष्ट्रपति आवश्यक रहेको बताए । अध्यक्ष ओलीले यस अघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको समेत बताए ।

TOP