अमेरिका निवासी साहित्यकार गोविन्द गिरी प्रेरणाको कृति ‘सुश्री पारिजात’ मातृभूमिमा विमोचित
साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ कृति सुश्री पारिजातको विमोचन भएको छ । साहित्यकार गोविन्द ‘प्रेरणा’को कृति ‘सुश्री पारिजात’ काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विषेश कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।
विमोचित कृति ‘सुश्री पारिजात’ नेपाली साहित्यकी प्रसिद्ध साहित्यकार पारिजातको जीवनी संवद्ध रहेर तयार पारिएको पुस्तक हो । जसमा जीवनभर अविवाहित रहेकी साहित्कार पारिजातको जीवनसंग सम्बन्धित विविध पाटो र उनको साहित्यिक ह्रदयलाई नविन स्वादमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा बोल्दै कृतिकार गोविन्द गिरी प्रेरणाले “ सुश्री पारिजात” लेखनको पृष्ठभूमि, आवश्यकता र महत्वबारे यल्लेख गर्दै नेपाली साहित्यकी प्रखर नारि साहित्यकार पारिजात आफैंमा एक महत्पूर्ण विषय भयकाले यनि बारे लामो अनुसन्धान पश्चात आफुले सुश्री पारिजात लेखेको स्मरण गरेका थिए ।
कृति विमोचन समारोहमा साहित्यकार तथा साहित्यिक पत्रिका मधुपर्क तथा गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदनले स्रष्टा गोविन्द गिरी प्रेरणाको ४५ बर्षे लेखन यात्राबारे प्रकाश पारेका थिए।
आफ्नो लेखन यात्रामा २ दशक लामो अनुसन्धान पश्चात् तयार पारिएको ”सुश्री पारिजात उनि विषयक यस अघिका जीवनी भन्दा पृथक रहेको छ । फाईन प्रिन्टले बजारमा ल्याएको साहित्यकार गोविन्द ‘प्रेरणा’को यस कृति विमोचन समारोहमा पारिजातसंग निकट रहेका र उनको साहित्यिक चेतका प्रसंसकहरुको वाक्लो उपस्थिती रहेको थियो ।
हाल अमेरिकामा रहँदै आएका साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’को कृति मातृभूमिमा विमोचन भएसंगै उनिसंगैका समकालिन लेखकहरुको समेत कार्यक्रममा उत्साहजनक सहभागिता देखिन्थ्यो । अमेरिकामा रहेर पनि नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउदै आएका साहित्यकार प्रेरणाको नयाँ कृति सार्वजनिक भएसंगै उनलाई नेपाल अमेरिका लगायत विभिन्न देशका रहेका साहित्यकार तथा प्रशंसकले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।