नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा बरिष्ठ पत्रकार लम्सालको उपचार सहयोगार्थ ५५ हजार प्रदान

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) ले बरिष्ठ पत्रकार हरि लम्साललाई उपचार सहयोगार्थ ५५ हजार रुपैंया प्रदान गरेको छ । लामो समयदेखि श्वास– प्रश्वास रोगबाट ग्रसित पत्रकार लम्सालको स्वास्थ्य लाभको कामना सहित (इन्जा) ले उपचार सहयोगार्थ नगद ५५ हजार प्रदान गरेको हो ।

ईन्जाले थापाथलीस्थित नर्भिक इन्टेरनेशनल अस्पतालमा उपचार पत्रकार लम्सालको पत्रकारिता योगदानको कदर स्वरुप हालको आर्थिक भारलाई ध्यानमा राखि सो रकम प्रदान गरेको हो ।

पत्रकारिता क्षेत्रमा दशकौंको योगदान पुर्याएका लम्सालले यस सहयोगप्रति खुशि व्यक्त गर्दै ईन्जा पदाधिकारीहरुमा धन्यवाद व्यक्त गरेका छन् ।

शनिबार पत्रकार लम्साल उपचाररत अस्पतालमा पुगेर इन्जा ग्लोवलका सचिव दीपक रिजाल र इन्जा एसियाका उपाध्यक्ष नारायण न्यौपानेले उक्त रकम हस्तान्तरण गरेका थिए ।

इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलका अनुसार स्थापनाको उदेश्य अनुरुप नेपाली पत्रकारहरु अफ्ठेरोमा परेको बेला इन्जाले सहयोग गर्दै आएको ईन्जाले यस पटक नेपाली पत्रकारिताका मानक लम्साललाई सहयोग गरेको हो ।

TOP