अमेरिकी स्वतन्त्रता दिवसको उत्साह साटिरहेका नेपालीहरु (फोटो-फिचर)
विश्वका अन्य देश जस्तै सपनाको देश अमेरिकाले पनि विभिन्न ऐतिहासिक, सामाजिक र राजनितिक कालखण्ड झेलेको छ । आजको सर्वसम्पन्न अमेरिका बन्नका लागि बिभिन्न स्वतन्त्रता अन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ । त्यस मध्य पनि जुलाई ४ का दिन मनाईने स्वतन्त्रता दिवश अमेरिकी नागरिको गर्वको विषयका रुपमा रहेको छ ।
यो दिवस सन् १७७६ बाट मनाउन सुरु गरिएको दिवश हो । जतिवेला अमेरिका बेलायतको कब्जामा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहार चरम सिमामा पुग्न थालेपछि अमेरिकी नागरिकबाट यसको सवत्र विरोध भयो । विरोध समाधानका लागि सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला भयो जहाँ जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित रहेका थिए ।
यस भेलाले यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी गर्यो । फल स्वरुप सन् १७७५ मा कंग्रेस ले थोमस जेफरसन र अन्य ज्ञातालाई ‘स्वतन्त्रताको घोषणा-पत्र’ तयार गर्ने जिम्मेवारी दिए । जेफरसनको घोषणा- पत्रमाथी जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिन सहितको समितिलाई मूल्यांकन गर्दै सन् १७७६ जुलाई ४ का दिन १३ उपनिवेशले स्वतन्त्रताको घोषणा-पत्र ग्रहण गरेका थिए । यसलाई अमेरिकी नागरिकले कडा संघर्षको समापन पछिको महत्वपूर्ण उपलव्धिका रुपमा हेर्ने गरेको पाईन्छ ।
त्यसैले जुलाई ४ का दिन पटाका, झिरझिरे बाल्नुका साथै कवाज मासु पोलेर खाने, उत्सव गर्ने, मेला गर्ने, वनभोज जाने, संगीत कार्यक्रम आदि गर्दै शुभकामना आदान प्रदान सहित उत्साह साट्ने गर्दछन् ।
पछिल्लो समय अमेरिकामा नेपालीहरुको संख्या पछि बढ्दै गएकाले अमेरिकी स्वतन्त्रता दिवश नेपाली समुदायले पनि मनाउने गरेको पाईन्छ । खासगरी बालबालिका भएका अविभावकहरुमा यो उत्साह ज्यादा देखिन्छ । किनभने उतै जन्मिएका र हुर्किएका बालबालिकाले यस दिवसका बारेमा चासो र जिज्ञासा राख्ने भएपछि अविभावक स्वयं पनि पछिल्लो समय अमेरिकी स्वतन्त्रता दिवसलाई उत्साहमय वातावरणमा साट्ने गरेको पाईन्छ ।
फोटो साभार : सामाजिक संजाल