Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुःख पाइरहेको झलनाथ खनालको भनाइ

नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनालले एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुःख पाइरहेको बताएका छन् ।
आईतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले एकाध व्यक्तिको महत्वाकांक्षाले देशले दुख पाइरहेको बताएका हुन् ।

खनालले कम्युनिष्ट एकतालाई आवश्यकतामा बदल्ने कोशिस गरेको तर सफल हुन नसकेको पनि बताए ।
उनले भने, ‘एकाध व्यक्तिको महत्वाकांक्षाले गर्दा अहिले दुख पाइरहेको छ देशले । त्यसमा परिवर्तन आउन जरुरी छ । परिवर्तन र एकता अङकमाल गरेर एकआपसमा टाउको जोड्दैमा हुने कुरा होइन् । जसरी २०७५ साल जेठ ३ गते भएको एकता भएको थियो । त्यो टाउको जोडेकोे एकता हो त्यसरी हुँदैन । त्यो बालुवाटारमा पुग्न गरिएको एकता हो । तर, पनि तपाई हामीले कम्युनिष्ट एकतालाई साच्चीनै आवश्यकतामा बदल्ने कोशिस ग¥यौ, प्रयास भएन सकिएन सकेनौं ।’
नेतृत्वमा दक्षिणपन्थी भड्काउँमा पुगेकै कारणले कोही राप्रपा र कोही कांग्रेससँग अग्गालो मार्न पुगेको बताएका छन् ।
नेता खनालले संसदमा वामपन्थीहरुको बहुमत भएको जिकिर गरे ।
उनले पार्टी एकता गर्दा लक्ष्य, बैचारिक सिद्धान्तलाई मिलाएर आधारभूत रुपमा एकता हुनुपर्नेमा जोड दिए ।

TOP