Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

कर्णाली र सुदूरपश्चिम वर्तमान सरकारको प्राथमिकतामा छ : उपप्रधानमन्त्री खड्का

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

हरेक दृष्टिकोणबाट पछि यी प्रदेशको रूपान्तरणका निमित्त आफू र प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको खड्काको भनाइ छ । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन  गर्ने तयारी भइरहेको बताए ।

‘चुनावको बेलामा प्रचण्ड र मैले सँगै कर्णालीका जिल्लाहरूमा चुनावी सभालाई सम्बोधन गरेका थियौँ,’ खड्काले भने,‘ अहिले त्यही अनुसार हामी कर्णालीको विकासका निमित्त हामी अग्रसर र प्रतिबद्ध छौँ ।’

खड्काले अहिले अर्थतन्त्र ऋणात्मक भएका कारण सरकारसामु केही समस्या रहेको उल्लेख गरे । यद्यपि अर्थतन्त्रलाई उकास्नतर्फ सरकार अग्रसर रहेको उनको भनाइ छ ।

TOP