Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

एसीसी प्रिमियर कप : आज नेपालले ओमानसँग खेल्दै, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले ओमानसँग खेल्दैछ । नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग खेल्न लागेको हो ।

खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । मङ्गलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो ।

त्यस्तै, बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो । समूह चरणका अन्य खेल एकदिवसीय मात्रका भए पनि यो खेल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । नेपाल र ओमानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन् । यो खेल नेपालको ५०औँ ओडीआई रहेकाले पनि नेपालको लागि विशेष रहनेछ ।

त्यस्तै, एसीसी प्रिमियर कपको आजको अर्को खेलमा मूलपानीमा यूएई र हङकङबीच खेल हुनेछ । १० देश सहभागी प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया र समूह ’बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

TOP