अमेरिकी रंगभेदी आन्दोलन: ७५ वर्षीय बृद्धमाथि दुव्र्यवहार गर्ने प्रहरीहरु निलम्वित

अमेरिकामा जारी रंगभेद विरोधी आन्दोलनका समय प्रहरीले ७५ वर्षीय बृद्धमाथि गरिएको दुव्र्यवहारमा संलग्न दुई प्रहरी निलम्बित भएका छन । न्यूयोर्कको दोस्रो ठूलो शहर बफेलोमा कर्फ्यू जारी गरिएका बेला बाटामा हिंडिरहेका ७५ वर्षका वृद्धलाइ धकेलेर घाईते बनाउने प्रहरीहरु निलम्बित भएका हुन् ।

प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइड पछि चर्किएको आन्दोलन पछि जारी कर्फ्यका समय हिँडिरहेका ति बृद्धको प्रहरीको धक्का पछि लडेर टाउकोमा गम्भीर चोट लाग्नुका साथै बेहोश भएको भिडियो बाहिरिय संगै प्रहरीको ज्याजदी बिरुद्ध चर्को आलोचना भएको थियो ।

यसै बिच अमेरिकामा माहात्मा गान्धीको शालिकमा तोडफोड भएको छ । प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइड पछि चर्किएको आन्दोलनमा सहभागीहरुले अमेरिका स्थित भारतिय राजदुतावास अगाडी रहेको महात्मा गान्धीको शालिकमा तोडफोड गरेका हुन् । शालिकमा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको अमेरिकी प्रहरीले जनाएको छ ।

गत मे २५ मा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु पछिको आन्दोलनले न्युयोर्क, वासिंटन, म्यानहट्टन, सिएटल, लगायतका सहरमा प्रदर्शनले उग्र रुप लिदैं गएको छ । काला जातिका ४६ वर्षीय जर्ज प्रहरी हिरासतमा थिए । हिरासतमै रहेका बेला ३ जना गोरा जातीका प्रहरीले उनको घाँटी थिचेर हत्या गरेको समाचार बाहिरिए संगै यस घटनालाई रंगभेदको मुद्दा बनाएर हजारौंको संख्यामा प्रदर्शन हुँदै आएको छ ।

जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ बाहिरिएको छ जुन यतिबेला सामाजिक सञ्जालमा भाईरल भएको छ जसमा जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेका छन् । प्रदर्शनकारीले उनको यहि वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका हुन् ।

विभिन्न स्थानमा प्रहरीका भ्यानमाथि आगजनी गर्नुका साथै आक्रमण भएको यस प्रदर्शनमा प्रहरीले पनि प्रदर्शनकारीको भीडलाई मिचेरै गाडी कुदाएपछि झन् हिंसात्मक वातावरण सृजना भएको छ । प्रदर्शन नियन्त्रणका लागि प्रहरीको गाडीले प्रदर्शनकारी माथी नै गाडी चलाउँनुका साथै कुपपिट गर्दा प्रदर्शनकारीहरु घाईते भएका छन् भने अमेरिकाभर कम्तीमा चार हजार भन्दा पढि व्यक्ति पक्राउ परिसकेका छन् ।

जर्ज फ्लोयडको घाँटीमा घुँडा धसेका निलम्बित प्रहरी अधिकारीलाई तेस्रो डिग्री हत्या र दोस्रो डिग्री नरसंहारको मुद्दा लगाइएको छ । प्रहरी अधिकारी डेरेक चाउभिनलाई जुन ८ मा अदालतमा उपस्थित गराइने भएको छ ।

TOP