कोरोनाका कारण न्यूयोर्कको भयावह अवस्थाले बिचलित भएर बरिष्ठ चिकित्सकले गरिन् आत्महत्या
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस बिरुद्ध अग्रपंक्तिमा रहेर सेवारत एक वरिष्ठ चिकित्सकले आत्महत्या गरेकी छिन् । कोरोना संक्रमणको चरम जोखिममा रहेको न्यूयोर्कको अस्पतालमा कार्यरत डा. लोर्ना ब्रीनले आफैँलाई चोटग्रस्त बनाएर आत्महत्या गरेकी हुन् ।
म्यानहटनस्थित न्यूयोर्क–प्रेस्बिटेरियन एलन हस्पिटलको आकस्मिक विभागकी मेडिकल डिरेक्टर उनि कोरोना संक्रमण बिरुद्ध अग्रपंक्तिमा रहेर बिरामीलाई सेवा प्रदान गर्दै आएकी चिकित्सक हुन् ।
४९ वर्षीया डा. ब्रीनको अचानकको आत्महत्याले धेरैलाई दुखी बनाएको छ । किनकी उनि हरेक दिन हजारौंको संख्यामा थपिदै गएका मृतकहरुलाई सम्झेर दुखी देखिन्थिन् । उनका पिता डा फिलिप ब्रीनका अनुसार कोरोनाका बिरामीहरु एम्बुलेन्सबाट निकाल्न नपाउँदै मरिसकेको कुराले उनि अत्यन्त उदास रहन थालेकी थिईन् ।
बिरमीको जीवन रक्षाका निम्ती अहोरात्र खटिएकी ब्रीन स्वयंलाई समेत संक्रमण सरेको थियो । डेढ हप्ताअघि स्वास्थ्यलाभ गरेर फेरि अस्पताल फर्किएकी उनलाई अस्पतालले थप आरामका लागि घर फर्कएको थियो तर उनले अचानक आफ्नै घरमा आत्महत्या गरिन् । उनको आत्महत्याको कारण ठुलो संख्यामा भयावह रुपमा भएको बिरामीहरुको मृत्यु नै भएको बताईएको छ । उनि कुनै मानसिक रोगी थिईनन् यद्यपी उनि न्युयोर्कका मानिसहरुको दिनहुँको मृत्युले उदास र दुखी रहन थालेकी थिईन् ।