Trending

एनआरएनए अमेरिका निर्वाचन:  टेक्सस च्याप्टर अध्यक्षमा सन्देश उप्रेतीको उमेद्वारी घोषणा

गैर आवासिय नेपाली संघ (एनआरएनए )अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि टेक्सस राज्यवाट सन्देश उप्रेतीले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । आशन्न निर्वाचन २०२१ -०२३ का लागि उप्रेतीले टेक्सस च्याप्टर अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

केही बेर अघि मात्र सामाजिक संजाल मार्फत च्याप्टर अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका उप्रेतीले यस बिषयमा यस अघि पनि भिडियो मार्फत आफुले यस निर्वाचनमा उमेद्वारी दिने योजना बनाएको बताएका थिए । जस अनुरुप आज उनको उमेद्वारी सार्वजनिक भएको हो ।

लामो समय देखी अमेरिकाको टेक्ससमा रहेर सामाजिक सक्रियताको छवि बनाएका युवा ब्यवसायि सन्देश उप्रेती बलियो बिजयी संभावना भएका उमेद्वार पनि हुन् । एनआरएनए अमेरिकाको युथ टाक्स फोर्सको को चियरको भूमिकामा रहेर नेपाली बिद्यार्थी तथा युवा वर्गको नेतृत्वदायि भूमिकामा देखिएका उप्रेतीले आफु यस पदमा रहँदा नेपाली बिद्यार्थी तथा युवा र एनआरएन बिचको सेतुको भूमिकामा देखिदैं आएको पाईन्छ । टेक्ससको फोर्थ वोर्थ शहरमा रहेर घर जग्गा ब्यवसायि (Realtor)का रुपमा समेत राम्रो व्यवसायिक छवि बनाएका उप्रेती टेक्सस क्षेत्रमा रहेका नेपाली समुदायमा भै परि आउने समस्यामा प्रायजसो प्रत्यक्ष संलग्न रहेको देखिन्छ । बर्तमान कार्यसमिती (२०१९-०२१ )को निर्वाचनमा सचिव पदमा उमेद्वारी दिएका उनि यस पटक भने च्याप्टर अक्ष्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।

युथ फोर्समा को चियरका रुपमा रहँदा उनले युवा र बिद्यार्थीका लागि पनि ‘एनआरएनए छ है’ भन्ने वातावरण सृजना गर्नमा सधैं प्रयासरत र सफल रहेको देखिन्छ । यहाँ रहेका नेपाली बिद्यार्थीका समस्या समाधान र सुनुवाईका लागि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीसंग सहकार्यका लागि सिधा छलफल कार्यक्रम समेत भएको थियो भने समस्या समाधानका लागि उनि स्वयंले समेत पहल गर्ने गरेको पाईन्छ ।

केही समय अघि यूएस खबरले उनको उमेद्वारीबारे राखेको प्रश्नमा उनले दिएको डिप्लोम्याटिक जवाफले पनि उनि यो निर्वाचनमा उमेद्वारी दिने धेरै प्रतिशत संभावना देखिन्थ्यो । उनले सो अन्तरवार्तामा भनेका थिए  ‘आउने दिनमा यदि तपाईहरु जस्तै युवा साथी भाइले सपोर्ट गर्नु हुन्छ भने अबस्य पक्कै पनि यो उहाँहरुको विश्वासलाई पुरा गर्नु आफ्नो कर्तव्य सम्झनु पर्ने हुन्छ मैले । त्यसैले म कुनै न कुनै रुपमा सस्था भित्र रहेर जिम्मवारी लिन तयार छु ।’

एक पटक च्याप्टरको नेतृत्वमा पुगेर काम मन भएको बताएका उप्रेतीले आज आफ्नो उमेद्वारी घोषणा गरेसंगै टेक्सस क्षेत्रबाट पनि बिस्तारै चुनावी माहौलको सुरुवात भएको छ ।

निर्वाचनको पहिलो तयारीको रुपमा रहेको सदस्यता बितरण तथा नविकरणको समया सिमा हिजो रातीबाट समाप्त भएसंगै उमेद्वारी दिनेहरु एक प्रकारको मानसिक तयारीमा देखिएका छन् । यद्यपी कोभिड-१९ ले आक्रान्त अमेरिकामा अझै पनि उत्साहको माहौल बनिसकेको छैन । यसको प्रभाव एनआएनए अमेरिकाको नयाँ कार्यसमितीमा पनि धेरै हदसम्म परेको देखिन्छ । सन्त्रासको माहौलमा विश्व समुदाय गुज्रीरहेको भएपनि अमेरिकामा रहेका अन्य संस्थाले झैं एनआरएनए अमेरिकाले पनि निर्वाचनको तयारी सुरु गरेको हो ।

TOP