Trending

न्युर्योक सिटी काउन्सिलमा नवराज केसीको उम्मेदवारी, अर्लि भोटिङमा उत्साहजनक भोट

न्युर्योक सिटी काउन्सिलमा नवराज केसीको उम्मेदवारी, अर्लि भोटिङमा उत्साहजनक भोट

डेमोक्रेट पार्टिको तर्फबाट नेपाली मुलका नवराज केसीले न्युयोर्क सिटी काउन्सिलमा दिएको उम्मेदवारी अहिले सबैको केन्द्रको विषय बनेको छ ।
अमेरिकामा नेपालीहरु राजनितिमा होमिएको कमै पाइन्छ , त्यसमा पनि न्युयोर्कमा भने शुन्य जस्तो नै देखिएको थियो । नेपाली मुलका टिका पौडेलले टेक्ससको युलेस सिटी काउन्सिलमा नेपाली मुलका टिका पौडेलले जीत हासिल गरेपछि अब सबैको ध्यान न्युयोर्क सिटी काउन्सिलमा केन्द्रित भएको छ । अहिले केसीको उम्मेदवारीलाई उनको साहसको रुपमा हेरिएको छ ।
२०२३ जुन २२ गते प्राइमरी निर्वाचनमा केसीले जितेमा उनि आउदो नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् । केसी न्युयोर्क सिटि काउन्सिल डिष्ट्रिक – १९ का लागि मैदानमा उत्रिएका हुन् ।
यतिबेला अर्लि भोटिङ पनि चलीरहेको छ । उनी डेमोक्रेट पार्टिको तर्फबाट चुनाव लडेका हुन । यही जुन २२ गते प्राइमेरी निर्वाचन हुदैछ । प्राइमेरी निर्वाचन केसीले जिते भने उनले आउदो नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा लडन पाउनेछन ।
उनलाई जिताउन नेपाली समुदाय मात्र नभई एशियन देखि अमेरिकनहरुले उत्साहजनक रुपमा भोट हालिरहेका छन ।

TOP