Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

मनसुनी रेखा आयो नेपालनजिक, ठूलो वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा  ( Low Pressure Area) नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।  मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएको हो। ‘साथै कतिपय स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा हुने देखिएको छ’, उनले भनिन्।

मौसमविद्का अनुसार मनसुनी रेखा (पानी पार्ने माैसमी प्रणााली) सरदर स्थानभन्दा उत्तरतर्फ आयो भने त्यो नेपाल नजिक हुनेछ र वर्षाको मात्रा बढ्छ। त्यो रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्‍यो भनेचाहिँ नेपालभन्दा केही टाढा हुन्छ र यता पानी पर्ने क्रम केही कम हुन्छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र  मधेश  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ’, बुलेटिनमा भनिएको छ।

यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। ‘गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ’, बुलेटिनमा भनिएको छ।

TOP