नेपालगञ्जमा राज विरेन्द्रको शालिक राख्न खोज्दाको अवरोधप्रति कमल थापाको आपत्ती
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा राजा वीरेन्द्रको शालिक राख्न राज्यबाटै भएको अवरोधमा आपत्ति जनाएका छन् । २१ बर्ष पहिले स परिवार हत्या गरिएका राजा विरेन्द्र शाहको सम्झनामा आज शालिक राख्ने बिषयमा भएको विवादले हवाई फायर सम्मको अवस्था सृजना हुनु दुखदायि भएको बताएका हुन् ।
आन्दोलनको अन्धभक्त शैलीका कारण राजा लगायत विपी, भानुभक्त समेतको शालिक तोडफोड हुनु अत्यन्त गलत भएको उल्लेख गर्दै थापाले नेपालगञ्जमा यस अघि तोडफोड भएको शालिक पुन राख्न खोज्दा सरकारका तर्फबाट प्रहरीको हस्ताक्षपप्रसत आपत्ती जनाएका हुन् ।
राजाको शालिक संग यतिसारो त्रसिद भै हाल्न नपर्ने बताउँदै थापाले शालिक राख्दैमा राजा फर्किने नभई ईतिहासको सम्मानका लागि यसको संरक्षण र स्थापना गर्नु पर्नेमा जोड दिएका छन् ।
आज पूर्वराजा वीरेन्द्र शाह सहित राजपरिवार सदस्यको निधन भएको दिन । नेपालगञ्जमा आजकै दिन पारेर राजा विरेन्द्रको सालिक राख्ने बिषयमा विवाद हुँदा झडप भएको थियो । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोकमा झडप सहित प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको हो ।
राजा समर्थीहरुले आज विहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडपको स्थिती सृजना भएको थियो ।
राज परिवारको हत्या भएको आज २१ वर्ष पूरा भएको सम्झनामा वीरेन्द्रचोकमा राजा वीरेन्द्रकोे सालिक राख्न खोजिएको हो । पहिले पनि सो स्थानमा सालिक थियो तर दोस्रो जनआन्दोलनमा बिरेन्द्रको पूर्णकदको सालिक भत्काइएको थियो ।