Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

चर्चित गायिका लता मंगेशकरको निधन

काठमाडौं, २३ माघ

चर्चित भारतीय गायिका लता मंगेश्वरको निधन भएको छ । कोरोना र निमोनियाबाट पिडित गायिका लगाको ९२ बर्षको उमेरमा निधन भएको हो ।

मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उपचारतर उनको स्वस्थ्य अवस्था चिन्तित बन्दै गएको भनि हिजो उपचारमा संलग्न डा। प्रतीत समदानी र भारतिय संचार माध्यममले जनाएका थिए । भेन्टिलेटरमा राखेर लामो समयदेखी उपचार गर्दै आएकोमा आज उनको निधन भएको हो ।

विश्व गायन ईतिहासमा नै ख्यातिप्राप्त गायिका लताले नेपाली गीतहरुमा पनि आवाज भरेकी छन् । सुर साम्राज्ञीका रुपमा चिनिने लतासन् १९४२ अर्थात १३ बर्षको उमेरबाट गीत गाउन थालेकी हुन् ।

गायिका लता मंगेश्वरको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च पदस्थ व्यक्तीहरु गहिरो दुख व्यक्त गरेका छन् भारतिय कला तथा संगीतकर्मीले यस घटनालाई अत्यन्त दुखको खबर बताईरहेका छन् । प्रधानमन्त्री  मोदीले भनेका छन् ‘दयालु र सबैको ख्याल राख्नेबाली लता दीदी हामीलाई छोडेर जानुभयो, उहाँले हाम्रो देशमा त्यो सुन्यता छोडेर जानु भयो जो कहिल्यै भरिन सक्दैन ।’

भारतको सबै भन्दा ठुलो गैर सैनिक पदक भारत रत्न प्राप्त गर्ने दोस्रो गायिकाका रुपमा समेत परिचित मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गीतहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन। उनले १९४८ देखि १९७४ सम्म  ३० हजार भन्दा बढि गीतमा आवाज भरेकी थीइन।

TOP