सुडानमा युद्ध बिराम गराउने प्रयास असफल,सत्ता संघर्षका कारण हजारौं सुडानी देश छाड्दै
सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि चर्किएको सत्ता संघर्षमा युद्ध बिराम गराउने प्रयास असफल भएको छ ।
सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको संघर्ष छैटौं दिन प्रवेश गर्दा सयौं सर्वसाधारणको मृत्यु भएको छ । करिब २ हजार घाइते भएका छन् ।
दुई पक्षलाई युद्ध बिराम गराई वार्ता गराउने राष्ट्र संघीय एजेन्सी लगायतको प्रयास असफल भएको छ ।सत्ता संघर्षले चरम रुप लिंदा सर्वसाधारण भने देश छाडेर पलायत हुने क्रम बढेको छ ।
सुडानबाट हजारौं सर्वसाधारण बाहिरिएका छन् ।