युक्रेनको लागि लड्दै आएका पोल्याण्डका ३० जना भाडाका सैनिकको हत्या
लामो समयदेखी जारी रुस युक्रेन युद्धमा फेरी ३० जना सैनिक मारिएको सुचना सार्वजनिक भएको छ । रुसले शुक्रवार युद्धग्रस्त देशको उत्तर पूर्वी क्षेत्र खार्किभमा पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको हो ।
आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ सहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको रुसले यसलाई पनि आफ्नो जीतका रुपमा गर्व गरिरहेको छ । एजेन्सी