Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

कांग्रेस युवा नेत्री शान्ता तामाङ ‘बिषय बिज्ञ’मा नियुक्ति

काठमाडौँ – नेपाली कांग्रेस धादिङ जिल्ला महासमिती सदस्य युवा नेत्री शान्ता कुमारी तामाङ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सरकारी तथा गैर सरकारी संस्था बिषयगत समिति बिषय बिज्ञ नियुक्ति भएकी छिन। नेत्री शान्ता एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएकी नेत्रीको रुपमा नेपाली कांग्रेश भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेकी छिन ।

पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल नेत्री शान्ता तामाङ सधै जनता र सर्ब साधारणको काम गर्न रुचि राख्छिन । देशलाई, समाजलाइ परिबर्तन गर्न आफै बाट सुरुवात गर्नु पर्छ भन्ने सोच लिएकी शान्ता तामाङले पार्टीलाइ एक ढिक्का बनाउदै ससक्त रुपमा आफु अगाडी बढ्ने बताएकी छिन । एक्सन ओरेन्टियड छवि बनाएकी शान्ता तामाङ अब आउदा दिनहरुमा समाजमा भएका कुरीतिहरु बिरुद्द लड्दै जाने र पार्टी भित्र र बाहिर पनि ससक्त आवाज उठाउदै जाने कुरा उनि बताउछिन ।

असल कर्म र जनमुखी काम गर्दै अगाडी बढे अबस्य एकदिन पार्टी र जनताले मुल्यांकन गर्नेछन् भन्ने सोच लिएकी युवा नेत्री शान्ता तामाङ पदमा बस्नुलाइ मात्र ठुलो कुरा सम्झिनन। समाजका लागि केही गर्छु भन्ने इच्छाशक्ति भयो भने कुनै पद चाहिँदो रहेनछ । तामाङ भन्छिन यद्यपि म पनि समाजलाई समृद्धितर्फ दोर्याउन अहोरात्र खटिरहेकी छु, पार्टीले मूल्यांकन गरेर अहिले सरकारी तथा गैर सरकारी संस्था बिषयगत समिति बिषय बिज्ञ नियुक्ति गरेकोमा हर्षित छु ।

TOP