Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

आज अन्तर्राष्ट्रिय खुसी दिवस – दक्षिण एसियामा नेपाल सबैभन्दा खुसी देश

काठमाडौं ६ चैत:आज अन्तर्राष्ट्रिय खुसी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आइएको हो ।

सन् २०१३ देखि हरेक मार्च २० को दुई बर्ष पछि अर्थात सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयास गरेको थियो । खुसीको पहिचान र विस्तारका लागि सुरु भएको यो दिवसको प्रतिवेदनका अनुसार यो वर्ष दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ । जो ५ दशमलव २६९ अङ्कसहित सूचीको ८५औँ स्थानमा छ ।

प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरिएको सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ ।वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देश र नेपाल ८५ औँ स्थानमा पर्न सफल भएको हो ।

गत बर्ष विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा रहेको फिनल्यान्डले यस बर्ष पनि रेकर्डलाई यथावत् कायम राख्न सफल भएको हो । यो सहित फिनल्यान्ड लगातार पाँचौँ पटक खुसी देशको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार लगायतलाई सूचक मानेर संकलन गरिने यस रेकर्डमा १ सय ४६ देशलाई समेटिएको छ ।

रेकर्डको सुची अनुसार दोस्रो खुसी हुने देश डेनमार्क र तेस्रो आइसल्यान्ड रहेका छन् ।

सुचिका आधारमा चीन नेपाल भन्दा १२ औं स्थान माथी अर्थात ७२ औं स्थानमा रहेको छ भने भारत १ सय ३६ औं स्थानमा रहेको छ । यसरी हेर्दा भारत भन्दा नेपाल ५१ गुणा बढी खुसी हुने देशका रुपमा देखिएको छ ।

सार्वजनिक सुचि अनुसार अफगानिस्तान सबै भन्दा थोरै खुसी हुने देशका रुपमा देखिएको छ भने अफगान पनि क्रमशः लेबनान, जिम्वाबे, रुवान्डा र बोत्स्वाना अन्तिम ३ देशका रुपमा रहेका छन् ।

TOP