Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

कोभिड १९: राष्ट्रपति ट्रम्पको निती अराजक संकट भन्दै पूर्वराष्ट्रपति ओबामाद्वारा आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस नियन्त्रणको लागि लिएको नीतिकोे पूर्वराष्ट्रपति बाराक ओबामाले आलोचना गरेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धमा ट्रम्पले दिएको अभिब्यक्ती अराजक संकट’ को जस्तो भएको भन्दै पूर्वराष्ट्रपति ओबामाले आलोचना गरेका हुन् ।

यता अमेरिकी राष्ट्रपतिको कार्यालयले भने ओबामाले दिएको अभिव्यक्तिको जवाफमा ट्रम्पको कदम अभूतपूर्व रहेको र यसले धेरै अमेरिकी नागरिकको ज्यान जोगाएको दाबी गरेको छ ।

आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा जोन बाइडनको समर्थन गर्दै आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेको उल्लेख गरेका ओबामाको ट्रम्पप्रतिको यो आलोचनालाई यतिबेला चर्चाको रुपमा हेरिएको छ ।

यद्यपि, राष्ट्रपति ट्रम्पले भने अमेरिकामा कोरोना भाइरसको महामारी फैलिनुमा डब्ल्यूएचओ, चीन र विपक्षी डेमोक्रेटिक पार्टी दोषी रहेको आरोप लगाउँदै आएका छन् ।

TOP