Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढ्न थाल्यो – झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपाल प्रति बैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएपछि अमेरिकन सक्रियता र चासो थप बढेको नेता खनालले बताएका छन् ।

आज बिहान काठमाडौंमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तर नेपाल आउन थालेका हुन । ‘एमसीसी पारित भए पछि अमेकिरन नेताहरु तारान्तार नेपाल आएका छन, आउने बितिक्कै उनीहरु तिब्बतियनहरुलाई भेटन पुग्छन र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने, ‘यो सब भईरहेको बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरुवाट खुल्लम खुल्ला रुपमा यस्तो बैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखे‍ल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन् । भण्डारीले बैदशिक हस्तक्षेपका बिरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरेका छन् ।

नेकपा एमालेसँग अलग भए पछि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)का बिपक्षमा उभिदै आएका खनालले बामपन्थी एकता कायमै राख्न सकेमा सातवटै प्रदेशमा कम्युनिष्टहरुको सरकार भन्न बाँकी राखेनन । ‘बामपन्थीहरु बित एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्दछ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँवाट यो पाठ सिक्नु पर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्‍याउनुपर्नेमा जोड गरेका छन । ‘यो काण्डलाई अपराधको मात्र हो भनेर सिमित गर्नु हुदैँन, यो राष्ट्रघाति र देशद्रोही कार्य हो, ’ खनालको भनाई थियो । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाएका छन् ।

TOP