Trending

जसपा सांसद सहनाज रहमानको हृदयघातबाट निधन

काठमाण्डौँ, १३ फागुनः जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातबाट निधन भएको छ । ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिएको हो

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको र त्यसपछि उनलाई अस्पताल पुर्याईएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको सांसद यादवले यादवले जानकारी दिएका छन् ।

रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन् । उनी जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

TOP