Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

जनयुद्धको उपलब्धिलाई प्रचण्डले कुर्सीसँग साटे: प्रभु साह

गौर – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएको छन् ।

२७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित शहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई ‘लाल गद्दार’को संज्ञा दिए ।

परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौं शहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरु कांग्रेसको पाउँमा चढाएको उनको आरोप छ ।

नेता साहले रौतहटका प्रथम ‘जनयुद्ध’ शहिद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे । फतुवा विजयपुर नगरपालिकाकि उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्रीमती कान्ति देवी महतोको अगुवाईमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वहा र उद्धव रेग्मी, प्रदेश उप-सचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह(अमर), मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

TOP