Trending
युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया

काठमाडौंलाई व्यवस्थित गर्न राज्यले कुनै पहल नगरेको सांसद देवकोटाको टिप्पणी

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले काठमाडौंलाई व्यवस्थित बनाउन राज्यले कुनै पनि पहल नगरेको टिप्पणी गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको विभिन्न निकाय र तहहरुबीच उचित समवन्वय र सहकार्य नहुँदा र आफ्नो भुमिका ईमान्दारिका साथ निर्वाह नगर्दा काठमाडौं संसारको सबै भन्दा प्रदुषित शहरको रुपमा परिणत भएको बताए । उनले भने ‘काठमाडौं शहरलाई व्यवस्थित गर्न यसको गरिमा र ओझलाई कायम राख्न सरकारको जुन सहयोग र तत्पपरता हुनु पर्ने हो त्यो देखिएको छैन् । यसमा सरकार गम्भिर होस । सरकारको विभन्न निकाय र तहहरुबीच उचित समवन्वय र सहकार्य नहुँदा र आफ्नो भूमिका ईमान्दारिका साथ निर्वाह नगर्दा शहरहरु संसारको सबै भन्दा प्रदुषित शहरको रुपमा चिनिन्छन् । ’

काठमाडौं संसारको सबैभन्दा प्रदुषित शहर भनेर विभिन्न समाचारहरु आईरहका छन् यसको लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।
वायु प्रदुषणलाई नियन्त्रण गर्न राज्यले अनुगमन नै नगरेको उनको आरोप छ । प्रदुषणले जनतालाई असुरक्षित महसुश गराएको उनको भनाई छ । उनले यसमा राज्यले व्यवास्था गरेको बताए ।

TOP