ए डिभिजन लिगः आज दुई खेल हुँदै
सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेलहरू हुँदैछन्।
लिगको दोस्रो लेगको दोस्रो राउण्डअन्तर्गत आज दुई खेल हुनेछन्।
दुवै खेल दिउँसो ३ बजेबाट सुरु हुनेछन्। जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मच्छिन्द्र फुटबल क्लव र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ। यस्तै, एन्फा कम्प्लेक्समा संकटा क्लव र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ।