Trending

करण न्यौपानेको शब्दसंगीतमा ज्योति मगर र नेत्र भण्डारीको तिज ब्याटल ‘भेडा VS कोईली’ सार्वजनिक

गायिका तथा मोडल ज्योति मगर र गायक नेत्र भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । करण न्यौपानेको शब्द तथा लय सृजनामा रहेको ज्योति र नेत्रको तिज ब्याटल ‘भेडा भर्सेज कोईली’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

विपिन आचार्यको संगीत संयोजन रहेको यस गीतमा ज्योति मगर, यशराज, नरेश, जेम्स, निरज, पुजन, रुविना लगायतको अभिनय रहेको छ ।

असोक बिसीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने सम्पादन रविन बिकेको रहेको छ ।

लामो समय देखी निरन्तर संगीत यात्रामा रहेका गीतकार तथा संगीतकार करण न्यौपानेका उहि मुलाको सिन्की उहि मुलाको चान, झिम्काईदेउ परेली हाई मेरी तिते करेली, नाई बाबा नाई, किन तिमीले, मन्दिरमा बस्ने देउता लगायतका दर्जनौं गीतहरु सार्वजनिक छन् । बिषेशत लोक बिधामा चर्चामा रहेका भएपनि उनिद्वारा लिखित र संगीतबद्ध आधुनिक गीतहरु पनि बाक्लो संख्यामा रहेको छ ।

TOP