प्रतिनिधि सभाको आजको बैठक सुरु: मनि लाउण्डरिङ लगायतका ऐन संशोधन विधेयक प्रस्तुत

प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । विभिन्न महत्पूर्ण विषयमाथी निर्णायक छलफल गरिने कार्यसुचि रहेको प्रतिनिधि सभाकोआज (बुधबार)को बैठक बिहान ११ बजेबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णायार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । जस अनुसार सांसद सुवालले बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’समेत पेस गर्नेछन् ।

संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा आजकै बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ ।

TOP