एमाले उमेद्वार छनौट मापदण्ड हेरफेर

काठमाडौं, ८ चैत: नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवार छनौट  सम्बन्धी मापदण्डमा हेरफेर भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा सोमबार बसेको पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा निर्वाचनका लागि एमाले उमेद्वार छनौट मापदण्ड सामान्य हेरफेर गरेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङकका अनुसार उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरिएको छ भने उम्मेदवार छनौटका लागि ६ बुँदे मापदण्ड समेत पार्टीले तयार गरेको छ ।

पार्टीको स्थापना दिवसका दिन केन्द्रले स्थानीय तहको चुनावी घोषणापत्र जारी गर्ने र सोही दिन सबै स्थानीय तहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने बताईएको छ भने बैठकले पार्टीका सबै केन्द्रीय सदस्य आ–आफू मतदाता रहेको भूगोलमा केन्द्रित हुने निर्णय गर्दै बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ ।

चैत ९ र १० गते काठमाडौँमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकको पूर्व सन्ध्यामा बसेको पोलिटब्युरो बैठकमा स्थानीय तहको निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल भएको थियो ।

चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने निणर्य गरेको एमालेको यही चैत १ गते बसेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो ।

TOP