सल्यानमा नेपालकै सबैभन्दा ठूलो शङ्ख निर्माण: धार्मिक पर्यटन प्रवद्धनको लक्ष्य
सल्यान ५ चैत:सल्यानमा नेपालकै सबैभन्दा ठूलो शङ्ख निर्माण गरिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–६ शंखमुलमा नेपालकै ठूलो शङ्ख निर्माण गरिएको हो ।
शंखमुल नाम शंखसंग सम्बन्धित रहेको र यसको पौराणिक कथन र व्याख्या पनि रहेकाले धार्मिक आस्था सहित स्थानियको पहलमा नेपालकै ठुलो शंख निर्माण भएको हो ।
महादेव कैलाश जाँदै गर्दा यहि बाटो प्रयोग गर्ने गरेको र कैलाश जाने क्रममा शंखमुलको रहेको कुण्डमा नुहाएर जाँदा कुण्डमा नै शङ्ख बिर्सेका कारण उक्त कुण्डको नाम शंखमुल रहन गएको धार्मिक विश्वासका आधारमा यस ठाउँको प्रचार प्रसार साथै धार्मिक पर्यटनको प्रवद्धनका लागि शंख निर्माण गरेर स्थापना गरेको स्थानिय बताउँछन् ।
आध्यात्मिक, पौराणि, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको शंखमुललाई थप संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिकाले १ करोड ६० लाखको लगानीमा शंखपार्क पनि निर्माण गरिदिएको छ । जसमा आध्यात्मिक संरचना दिईएको छ । सोही पार्क भित्र नव निर्मित शिव पार्वतीको विशाल मूर्ति सहित शङ्ख र पानीको फोहोरा सहित निर्माण गरिएको छ, जसकारण पार्क समेतले तिर्थ बाटिकाको झल्को दिन्छ ।