दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी
दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ । दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद भवनमा आइतवार बिहान आगलागी भएको हो।
केप टाउनकf फायर एण्ड रेस्क्यू सर्भिसका प्रवक्ता जर्मेन कारेलसेका अनुसार विहानैदेखि सुरु भएको आगो निभाउन ७० जना अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास जारी राखेपनि लामो समय सम्म आगो नियन्त्रणमा आउन सकेको थिएन । राष्ट्रिय सभा भवनमा लागेको यस आगलागिबाट भवनको छत, पर्खाल लगायतका स्थान जलेका छन् ।
माथिबाट आगोमा पानी छर्कन केहीलाई क्रेनमा माथि उठाइएको यस द्धटन कुनै चोटपटकको रिपोर्ट गरिएको छैन र संसद बिदाको लागि बन्द गरिएको थियो।
आगलागी गराएको आरोपमा खप्रहरीले पछि ५१ वर्षीय पुरुषलाई हिरासतमा लिएको छ । अहिले सम्म मानविय क्षतिको खबर नआएको यस घटनाबारे अनुसन्धान सुरु भएको छ ।