Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

सुमना श्रेष्ठको प्रश्न – लोकतन्त्रमा छौँ कि लुटतन्त्रमा ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद विकास कोष ब्युँत्याउन नहुने बताएकी छिन् । संसदको शून्य समयमा उनले कोषको नाममा भ्रष्टाचार भएको भन्दै ब्युँत्याउन नहुने बताइन् ।

‘हामी लोकतन्त्रमा छौँ कि लुटतन्त्रमा छौँ । २०७६ देखि १७ अर्ब संसद विकास कोष भनेर खर्च गर्‍यौँ । यो नीतिगत भ्रष्टाचार हो । त्यो ब्युँत्याउनु हुँदैन । रुलिङ होस्,’ उनले भनिन् ।

उनले आफूले पेस गरेको संकल्प प्रस्तावबारे पनि सभामुखसँग जानकारी माग गरेकी छिन् । ‘१० बुँदे निर्देशनकासाथ संकल्प प्रस्ताव पेस गरेको थिएँ । गृहमन्त्री भन्नुहुन्छ तपाइँको टेबलमा छ । सदनमा टेबल भएको छैन । त्यो के कुराले अयोग्य भएको हो ?,’ उनले भनिन् ।

TOP