२८ जनाको ज्यान जानेगरी भएको ‘गौर’घटना दोहोरिन सक्ने चेतावनी दिएकी मन्त्री यादवले बोली फेरिन्

बुधबार रौतहट पुगेर जनमत पार्टीका नेता डा. सिके राउत र उनका कार्यकर्तालाई मार्ने सम्मको धम्की दिएकी भौतिक पूर्वाधार मन्त्री रेणु यादवले आफ्नो बोली फेरेकी छन् ।

बलिदान दिवसका लागि रौतहट पुगेकी मन्त्री यादवलाई सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाउँदै बिरोध गरेपछि आक्रोशित यादवले स्टेजमा उभिएर दिएको अभिव्यक्तीमा आफुहरुसंग टकराव गरे २०६३ साल चैत ७ गते रौतहटको गौर स्थित राईस मिल मैदान भएको घटना दोहोरिन सक्ने भन्दै चेतावनी दिएकी थिईन् ।

२०६३ साल चैत ७ गते रौतहटको गौर स्थित राईस मिल मैदानमा तत्कालिन माओवादी र मधेशी जन अधिकार फोरम नेपालको झडप हुँदा २७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो र १ जनाको को उपचारका क्रममा मृत्यु भएको थियो ।

गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा-इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो।

अत्यन्त कु्र र अमानविय मानिएको राईस मिल मैदानको घटना दोहोरिन सक्छ भन्दै सार्वजनिक स्थलमा आक्रोशित रुपमा भाषण गरेपछि पुन एकपटक जनताले त्यो कालो दिन सम्झेर मन्त्री यादवको अभिव्यक्तीको घोर बिरोध गरिरहेका छन् ।

यता मन्त्री यादवले भने आफुले यो अभिव्क्ती दिंदै नदिएको र गलत प्रचार गरिएको भन्दै उल्टै सिके राउतका कार्यकर्ताले आफुलाई कालो झण्डा देखाउनु नै अत्यन्त गलत भएको पटक पटक दोहोर्याउँदै आएकी छन् ।

उनले आफुले हिंसा लक्षित अभिव्यक्ती दिएको कुरा उनले सरासर ईन्कार गर्दै उल्टै भिडियो राम्रो संग सुन्न अरुलाई अनुरोध गरेकी छन् । आफुले हिंसात्मक राजनितीमा विश्वास नगरेको र कसैलाई मार्ने आसय नभएको उनले दोहोर्याएकी छन् । उनले आफ्ना कार्यकर्ताको मोटरसाईकल समेत जलाएको भन्दै विवादीत अभिव्यक्ती भन्दा आफ्नो बचाउतर्फ केन्द्रित रहँदै आएकी छन् ।

TOP