नेपाली धर्म तथा संस्कृति सम्वद्ध सामग्री सहित टेक्सासको अर्भिगंमा सियाराज बुटिक संचालनमा
अमेरिकाको टेक्सासमा नेपाली बुटिक संचालनमा आएको छ । लामो समयदेखी अनलाईन मार्फत विश्वव्यापी रुपमा संचालित सियाराज बुटीकले टेक्सासको अर्भिगंमा नेपाली सौन्दर्य तथा संस्कृती प्रादायक सामग्री सहितको बुटिक संचालनमा ल्याएको हो ।
सबी राजु आचार्यले संचालनमा ल्याएको यस बुटिकमा महिला, पुरुष तथा बच्चाका कपडा, गर गहना साथै विवाह , पास्नी र अन्य पुजाका सम्पूर्ण सामग्री सुपथ मुल्यमा राखिएको छ । कपडा, जुत्ता, चप्पल, व्याग, धातुका मुर्तीहरु, तामाका गाग्री लगायतका सामग्री उपलव्ध यस बुटिकमा दशैं तिहार बिषेश छुटको समेत व्यवस्था गरिएको छ ।
नेपालीहरुको वाहुल्यता रहेको टेक्सासमा यस अघि पनि बिभिन्न व्यवसाय संचालन गर्दै आएकोमा सियाराज बुटीक पनि थपिएको छ । जसले नेपाली धार्मिक र साँस्कृतिक पक्षलाई ध्यानमा राखी नेपालीहरुको आवश्यकता अनुरुपका सामग्री बुटिकमा राखेको छ ।
साउथ एशियन फेसन सपको रुपमा रहेको यस बुटिकले अनलाईन व्यापारको पूर्ण सफलतापछि औपचारिक रुपमा बुटिक संचालनमा ल्याएको हो । टेक्सासमा मुख्य पसल रहेपछि ग्राहकको माग अनुरुप अनलाईन मार्फत विश्वभर सेवा उपलव्ध गराईने संचालकले बताएका छन् ।